
इलाम । आज राष्ट्रिय प्रजातन्त्र दिवस, इलाममा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा इलाम सदरमुकामको ठूलो टुढिखेल बाट प्रभात फेरिसहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाईएको छ ।
कार्यक्रममा जिसस प्रमुख जय प्रकाश राई, इलाम नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, सुरक्षा निकायका प्रमुखसहित बिभिन्न कार्यालयका प्रमुख एवम् इलाम बासीको उपस्थिती रहेको थियो ।
यस्तै दिवसकै अवसर पारेर इलाम नगरपालिकाले इलाम अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स, दुध र बिस्कुट बितरण गरेको छ ।
अस्पतालमा उपचाररत बिरामीलाई भेटेर नगरपालिका प्रमुख केदार थापासहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्तिथिमा २० जना बढी बिरामीलाई उक्त सामग्री बितरण गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच