काठमाडौं । प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश निषेध गरिएको हो ।
पत्रकारहरुले विरोधमा क्यामेरा डाउन गरेका छन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।







