भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक जनाको शनिबार मृत्यु भएको छ । षडानन्द नगरपालिका वडा नम्वर ४ का २९ बर्षका आशिष राईको निधन भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
षडानन्द नगरपालिका वडा नम्वर ४, काभ्रेमा एलपी गाडीबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा राईलाई करेन्ट लागेको थियो । उनलाई उपचारको लागि प्राथमिक स्वस्थ्य केन्द्र मुलपानीमा ल्याइएको थियो ।
उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता