झापा । नेपाली कांग्रेसका सीमान्तकृत नेता स्व. नेता तुर्षा हेमरमलाई बिपी कोइरालाले पत्याएका र सिके प्रसाईंले सम्मान गरेका व्यक्तित्वका रूपमा चित्रण गरिएको छ । सँगै जेल बसेका र जीवनको आखिरी क्षणमा साथमा रहेकाहरुले तुर्षा त्यागी, निष्ठा र समर्पणको पर्याय भएको बताए ।
तुर्षाको २८औँ स्मृति दिवसमा शनिबार झापाको कनकाई नगरपालिका १ जामुनवाडीमा आयोजित सांस्कृतिक तथा खेलकुद कार्यक्रमका वक्ताले तुर्षाको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्याएको योगदानलाई जीवन्त राख्न लिपिबद्ध गर्न ढिलो गर्न नहुनेमा जोड दिइयाे ।
पुराना वामपन्थी तथा वरिष्ठ अधिवक्ता लीला उदासीले तुर्षा इमानका प्रतीक, निष्ठा र आदर्श व्यक्ति भएको बताउनुभयो । २०३६ सालमासँगै जेल बस्नुभएकाे उदासीले भन्नुभयो,'उहाँ आदिवासी, जनजातिको मात्रै होइन, सबैको नेता हुनुहुन्थ्यो । पञ्चायले त्यसबेला झापा जेलमा तुर्षासँग आफूलाई भेट गर्न पञ्चायती सरकारले भेट्नसमेत नदिएको स्मरण गर्दै उदासीले भन्नुभयो, 'झ्वाट्ट देखिँदा उहाँ कदमा होचो, दुब्लो, कालो र अतिसामान्य देखिनुहुन्थ्यो तर विचारमा अडिग, अनुशासन र त्यागको पाठ सिक्न लायक हुनुहुन्थ्यो ।'
तुर्षा समाजमा केही गरौं भन्ने अल्गो मानिस, कहिल्यै नमर्ने व्यक्ति तुर्षा भएको बताउनुभएको उदासीले प्रलोभनमा नपरेको व्यक्ति , जेलमा सँगै बसेको तर पञ्चायतले बोलचाल गर्न नदिएको बताउनुभएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य उदासीले भन्नुभयो,'तुर्षा बिपीले मानेको, पत्याएको, सहयात्री र नजीकको मानिस हुनुहुन्थ्यो।' उहाँले सिके प्रसाईं र कृष्णप्रसाद भट्टराईले मानेको नेताको रूपमा स्मरणसमेत गर्नुभयो ।
धरानमा उपचारका क्रममा २८ वर्ष अघि पुस २० गते निधन हुनुभएको तुर्षाको उपचारको जिम्मेवारीमा रहनु भएको कांग्रेस झापा सभापति देउकुमार थेवेले तत्कालीन स्वास्थ्यमन्त्री विपीन कोइरालाले अक्सिजन दिइरहेको बेलामा उहाँलाई भेटेको स्मरण गर्नुभयो ।
'तुर्षालाई मैले २०४६ भदौ २६ गते कुमरखोदमा थिरवम मल्लको स्मृतिसभामा भेटेको थिएँ, त्यसबेला हामीलाई घेरा हालेर प्रहरीले पक्राउ गर्न खोजेको थियोे, भागेर बच्यौँ' थेवेले भन्नुभयो,'दुईपटक उपचारमा लगेँ, मेची अञ्चल अस्पताल र घोपा लगेँ, अक्सिजन दिएर राखेकै बेलामा उहाँको मृत्यु भयो ।'
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तुर्षालाई समकालीन विचारक, लोकतन्त्र र प्रजातन्त्रको आन्दोलनमा सर्वस्व गुमाएका व्यक्तिका रूपमा आफूले चिनेको बताउनुभयो ।
कार्यक्रममा तुर्षा देमरम स्मृति प्रतिष्ठानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, उपाध्यक्ष लखन हेमरम, सचिव कुमारमणी पोखरेलले तुर्षाको योगदानका बारेमा चर्चा गर्नु भएको थियोे । प्रतिष्ठानले कनकाई १ मा हेमरमको अर्धकदको शालिक निर्माण गरेको छ । सँगै भव्य भवन बनाइएको छ । सो जग्गा सिटौला परिवारबाट दानमा प्राप्त भएको हो । तुर्षाकै कारण सन्थाल समुदाय ठूलो हिस्सा अहिले पनि लोकतान्त्रिक मार्गमा आबद्ध छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता