नवलपरासीमा मदिराको कारण मतदान अधिकृत बर्खास्त

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा मदिरा पिएका कारण मतदान अधिकृतलाई बर्खास्त गरिएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई मदिरा पिएका कारण प्रहरीले नियन्त्रणमा लिइ मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ।

ADVERTISEMENT

निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डीएसपी भोजराज पाण्डेले बताउनु भयो।

उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ। नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । ५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज