बरामत भएको अवैध मह नष्ट
Read Time = 1 min
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बरामत गरेको दुई सय ८४ केजी अवैध मह नष्ट गरेको छ ।
गत भाद्र २३ गते भोजपुर नगरपालिका वडा नम्वर सातबाट भारतीय नागरिकहरुले प्लाष्टिक पोकामा जम्मा गरेर बिक्री गर्दे आएको मह प्रहरीले बरामत गरेको थियो ।
बरामत भएको मह परीक्षणका लागि पठाइएकोमा अवैध देखिएपछि प्रहरीले बिभिन्न निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको हो ।
महको परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाईएकोले नक्कली मह नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Breaking news with related posts