
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी बुधबारसर्वोच्चमा पुनरावेदन गरिएको हो ।
घटी राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उनीहरूलाई १७ लाख ४० हजार ६६ रुपैयाँ बिगो कायम गरिएको छ । विशेषले गत साउन २४ गते उनीहरूलाई सफाइ दिएको थियो । सोही फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच