काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी मार्ग, तहाचलका शाखा अधिकृत धनेश्वर प्रसाई तीन लाख घुसरकमसहित पक्राउ परेका छन् ।
प्रसाईंलाई पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार काठमाडौंको छाउनीस्थित किताबखानाको कार्यकक्षबाटै पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका वडा नं १३ तहाचल राष्ट्रिय किताबखानाको कार्यकक्षबाट पक्राउ परेका प्रसाई रामेछाप मन्थली नगरपालिका वडा नं -७ मुगिटारका स्थायी बासिन्दा हुन् । हाल उनी भक्तपुरकाे मध्यपुर ठिमी बस्दै आएकाे अख्तियारले जनाएकाे छ ।
उनको साथबाट तीन लाख घुस लिएको नगदसमेत बरामत भएको अख्तियारले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts