जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

हेटौंडा । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ ।

बकैया गाउँपालिका-५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

ADVERTISEMENT

प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गर्नुभएका माझी हात्तीको आक्रमणमा परी घाइते हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उहाँको मृत्यु भएको हो ।

सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भन्नुभयो, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *