काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा अख्तियारका कर्मचारीलाई घुस रकम दिन खोजेपछि पक्राउ परेका हुन् । उनी आयोगको कार्यलय कञ्चनपुरबाट शुक्रबार पक्राउ परेका हुन् ।
यसअघि सापकोटा अछामको मेल्लेख गाउँपालिकामा कार्यरत थिए । उनको कार्यकालमा गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी परेपछि अहिले अख्तियारको टोलीले अनुसन्धान गरिरहेको छ ।
स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भई अनुसन्धान भईरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न सापकोटा शुक्रबार आयोगको कार्यालय कञ्चनपुरमा पुगेका थिए । सोही बखत उनले आयोगका कर्मचारीलाई एक लाख रुपैयाँ घुसदिन खोजेपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा