क्याम्पसमा गरिएका कार्य बिवरणसहितको श्वेतपत्र सार्वजनिक

निरोज कोइराला भोजपुर, संवाददाता
Bhojpur Multiple Campus-Swetpatra

भोजपुर । २०२२ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसले गरेका कार्यहरु समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको छ ।

क्याम्पस प्रमुख भुलानाथ राईले बुधवार आफ्नो चार बर्षको कार्यकालमा गरिएका भौतिक, शैक्षिक, प्रशासनिक र विद्यार्थी कल्याणका बिषयमा गरिएका कार्य र प्रयासहरुका बिषय समेटिएको श्वेतपत्र सार्वजनिक गर्नु भएको हो । प्रमुख राईले सार्वजनिक गर्नु भएको श्वेतपत्रमा भौतिक ब्यवस्थापन तथा सुधार तर्फ चार करोड पाँच लाख ९० हजार सात सय ५३ रुपैया बरावरको लागतको काम उल्लेख गरिएको छ । जसमा प्रदेश सरकारको ५० लाख लागतमा ठेक्का सम्झौता भई नयाँ एजुकेसन भवन समेत निर्माणको चरणमा छ ।

यस्तै जनशक्ति तथा प्रशासनिक सुधार तर्फ कार्यरत १२ जना शिक्षकहरुलाई शिक्षण सहायक सोसरहको पारिश्रमिक सहित करारमा नियुक्त गरिएको, बिषयगत शिक्षकहरुको ब्यवस्था गरिएको, दुई शिक्षकलाई पिएचडी र तीन शिक्षकलाई एमफिल अध्ययनका लागि पठाइएको लगायतका रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

शैक्षिक ब्यवस्थापन तर्फ दिवा समयमा संचालित मानबिकी र सामाजिकशास्त्र संकायलाई बिद्यार्थीको माग बमोजिम बिहानी समयमा संचालन गर्ने, ब्यवस्थापन संकाय तर्फ एमबिएस कार्यक्रम संचालनका लागि संभाब्यता अध्ययनसहित स्वीकृतिका लागि डिनको कार्यालयमा पठाइएको, सूचना प्रबिधीमैत्री बनाउन ईलर्निङसेन्टरको संचालन, बौद्धिका चोरी र केन्द्रिय पुस्तकायमा पहुँच सम्वन्धी कार्यशाला, क्याम्पसमा अनुसन्धान तथा ब्यवस्थापन एकाई गठनलगायतका बिषय श्वेतपत्रमा समावेश गरिएको छ ।

विद्यार्थीको कल्याणसँग सम्वन्धित बिभिन्न कार्यहरु पनि क्याम्पस प्रमुख राईबाट जारी श्वेतपत्रमा उल्लेख गरिएको छ । २०७७ साल कार्तिक १६ गतेबाट सुरु चार बर्षे कार्यकाल कार्तिक १५ गतेबाट पुरा हुने भएकाले क्याम्पसमा भएका सुधारका बिषयलाई समेटेर आफुले श्वेतपत्र जारी गरेको प्रमुख राईले बताउनुभयो ।

सोक्रममा स्ववियु कोषाध्यक्ष बिक्रम तामाङ, त्रिबि कर्मचारी संघका पूर्व अध्यक्ष भीमप्रसाद राई, हालका अध्यक्ष मुमिहाङ राई, प्रगतिशिल प्राध्यापक संघका प्राध्यापक शरण कुमार राई, पूर्वसहायक खगेन्द्र राई, बरिष्ठ पत्रकार निरोज कोइराला, पत्रकार महासंघका सचिव अजुर्न बस्नेतलगायतले क्याम्पस प्रमुखबाट जारी श्वेतपत्रले भावी दिनमासमेत सहजता कायम हुने र शैक्षिक सुधारका बिषय पनि सार्वजनिक गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *