झापा । शुक्रबार अपरान्ह नेपाल-भारत सीमा नदी मेचीले बगाएर बेपत्ता भएकी झापा मेचीनगर नगरपालिका-७ की हिमा खरेलको शव आज बिहान फेला परेको छ ।
नदी तर्ने क्रममा भारतपट्टीबाट मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर गैरीगाउँकी ३५ वर्षीया हिमाको शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो । उनी बगेको सूचना पाउनसाथ नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी सुरु गरेको थियो ।
बगेको स्थानबाट केही दक्षिण भारत तर्फ नै हिमाको शव तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालयले काँकडभिट्टाले जनाएको छ । योसँगै असोज दोस्रो साता आएको बाढीले झापामा बगाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
मेची र कनकाई नदीले बगाएर थप दुईजना पुरुष बेपत्ता भएका छन् ।






