मेची नदीले बगाएकी हिमा खरेल मृत फेला

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । शुक्रबार अपरान्ह नेपाल-भारत सीमा नदी मेचीले बगाएर बेपत्ता भएकी झापा मेचीनगर नगरपालिका-७ की हिमा खरेलको शव आज बिहान फेला परेको छ ।

नदी तर्ने क्रममा भारतपट्टीबाट मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर गैरीगाउँकी ३५ वर्षीया हिमाको शव नदीमा तैरिरहेको अवस्थामा  भेटिएको हो । उनी बगेको सूचना पाउनसाथ नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी सुरु गरेको थियो ।

ADVERTISEMENT

बगेको स्थानबाट केही दक्षिण भारत तर्फ नै हिमाको शव तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालयले काँकडभिट्टाले जनाएको छ । योसँगै असोज दोस्रो साता आएको बाढीले झापामा बगाएर  मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मेची र कनकाई नदीले बगाएर थप दुईजना पुरुष बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *