भोजपुर । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा आएको बाढी र पहिरोले बगाएको वाटो गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीयले श्रमदान गरी बनाएका छन् ।
षडानन्द नगरपालिका वडा नम्वर २ नागदह देखि साल्पासिलिछो गाउँपालिका वडा नम्वर ६ दोभानेसम्म जाने पैदल बाटो गत साउन १५ गते आएको अविरल वषासँगैको बाढी र पहिरोले बगाएको थियो । पैदल हिडने बाटो नाम निसाना नरहने गरी बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । साल्पासिलिछो गाउँपालिका कार्यरत अदिराज राईको नेतृत्वमा कर्मचारी र स्थानीयवासी मिलेर करिव ५० मिटर वैकल्पिक गोरेटो बाटो निर्माण गरिएको हो ।
पहिरोका कारण हिडडुलमा समस्या भएको अवस्थामा श्रमदान मार्फत बाटो बनेपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको साल्लासिलिछो गाउँपालिका विपत शाखाका फोकल पर्सन मणि श्रेष्ठले बताउनुभयाे । श्रेष्ठले भन्नुभयाे, “पैदल बाटो बन्दा स्थानीयलाई सहज भएको छ, तर यातायातका साधन आवतजावतमा भने समस्या नै छ ।” मोटरबाटो भने करिव ५ सय मिटर बगाएको उहाँले जानकारी दिनुभयाे ।
राती आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको इर्खुवा खोला हाइड्रोपावरमा कार्यरत बर्दिया घर भएका दुई जना मजदुरलाई बगाएको थियो । दुवै मजदुरको शव श्रावण १६ गते मृत अवस्थामा भेटिएको थियो भने दुई जनालाई बगाएको अवस्थामा उद्धार गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements