कर्मचारी र स्थानीयले श्रमदानबाट बनाए बाटो 

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा आएको बाढी र पहिरोले बगाएको वाटो गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीयले श्रमदान गरी बनाएका छन् ।

षडानन्द नगरपालिका वडा नम्वर २ नागदह देखि साल्पासिलिछो गाउँपालिका वडा नम्वर ६ दोभानेसम्म जाने पैदल बाटो गत साउन १५ गते आएको अविरल वषासँगैको बाढी र पहिरोले बगाएको थियो । पैदल हिडने बाटो नाम निसाना नरहने गरी बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । साल्पासिलिछो गाउँपालिका कार्यरत अदिराज राईको नेतृत्वमा कर्मचारी र स्थानीयवासी मिलेर करिव ५० मिटर वैकल्पिक गोरेटो बाटो निर्माण गरिएको हो ।

ADVERTISEMENT

पहिरोका कारण हिडडुलमा समस्या भएको अवस्थामा श्रमदान मार्फत बाटो बनेपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको साल्लासिलिछो गाउँपालिका विपत शाखाका फोकल पर्सन मणि श्रेष्ठले बताउनुभयाे । श्रेष्ठले भन्नुभयाे, “पैदल बाटो बन्दा स्थानीयलाई सहज भएको छ, तर यातायातका साधन आवतजावतमा भने समस्या नै छ ।” मोटरबाटो भने करिव ५ सय मिटर बगाएको उहाँले जानकारी दिनुभयाे ।

राती आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको इर्खुवा खोला हाइड्रोपावरमा कार्यरत बर्दिया घर भएका दुई जना मजदुरलाई बगाएको थियो ।  दुवै मजदुरको शव श्रावण १६ गते मृत अवस्थामा भेटिएको थियो भने दुई जनालाई बगाएको अवस्थामा उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *