भोजपुर । नेकपा एमाले भोजपुर नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट दुर्गा योञ्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सदरमुकाममा भएको अधिवेशनले योञ्जनको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको हो ।
४५ सदस्यीय नगर कमिटी सर्वसम्मतरूपमा चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा मायादेवी राई, सचिव सुमन प्रधान, उपसचिव सुबास दाहाल र उपसचिवमा रेणुका भुजेललाई चुनेको छ ।
नगर अधिवेशनको पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य शेरधन राईले उद्घाटन गर्नु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता