अशक्त बिरामीका लागि व्हील चियर सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
Wheel cheer Help-Bhojpur
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरको टक्सारमा रहेको एक मात्र विमानस्थलबाट यात्रा गर्ने अशक्त बिरामीका लागि व्हील चियर सहयोग गरिएको छ ।

नेपाल वायुसेवा निगमलाई वृद्ध, अशक्त, बिरामी र सुत्केरी महिला यात्रुको सहजताको लागि भोजपुर नगरपालिका वडा नम्वर १० भैसिपंखाका युवा समाजसेवी चक्रबहादुर कार्कीको पहलमा दुई थान व्हील चियर र तीन सय थान मास्क सहयोग गरिएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नर बहादुर थापालगायतको उपस्थितिमा कार्कीले ती सामाग्री नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्कालाई हस्तान्तरण गर्नुभयो ।

ADVERTISEMENT

सहयोग गरिएको सामाग्रीले जिल्लाको एक मात्र बिमानस्थलमा गम्भिर प्रकृतिका बिरामी तथा असक्त यात्रुहरुलाई सहजता प्रमुख स्टेशन प्रमुख खडकाले बताउनुभयो । भोजपुर विमानस्थलमा हाल राष्ट्रिय ध्वजावाहक नेपाल बायु सेवा निगमको जहाजले मात्र काठमाडाैं उडान गर्दै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *