हरिबोधिनी एकादशी : इलामको माइपोखरीमा मेला

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । आज हरिबोधिनी एकादशी । तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै छ । चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

आज इलामकाे माइपाेखरीमा हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ । सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

ADVERTISEMENT

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।

यहाँ २६ र २७ गते माईफाेखरी महाेत्सव पनि भइरहेकाे छ । इलाम बजारबाट बिब्ल्याँटे, बरबोटे, जसबीरे हुँदै माइपोखरीसम्मको यात्रा गर्न सकिन्छ ।

इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामसार सूचीमा सूचिकृत छ । समुद्री सतहबाट १२०० मिटर उचाइ रहेको माईपोखरीको कुल जलाशय क्षेत्र २ हेक्टर रहेको छ ।

यस क्षेत्रमा १४ प्रकारका स्तनधारी जनावर, १२ प्रकारका सर्प, दुई सय प्रजातीका फूल फूल्ने बिरुवा, चार प्रकारका गुराँस, १६ थरि सुनाखरी, ३ प्रजातीका चाँप, ६२ प्रकारका जडिबुटी, ३ माछा जातिका र ३०० जातका पंक्षीहरु पाइने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *