झापा । जंगली हात्तीको आक्रमणमा परी इलाम चुलाचुली गाउँपालिका-१ का ७३ वर्षीय वृद्धा राजकुमार राईको मृत्यु भएको छ ।
गएराति साढे ९ बजेतिर धान खेतमा आएको हात्ती खेदाउने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते राईको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।






