अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध

राजकुमार कार्की ओखलढुङ्गा
राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 1 min

ओखलढुंगा । अविरल वर्षाको कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा लेदो सहितको बाढीका कारण लोकमार्ग अवरुद्ध भएको हो ।

भँडारे खोला नजिकै २ ठाँउमा सडक भन्दा माथिबाट पहिरो समेत गएको छ । केहि दिनदेखिको अविरल वर्षाका कारण भँडारे खोला र त्यसको नजिकै सडक भन्दा माथीबाट पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

ADVERTISEMENT

सडक विभाग सँगको समन्वयमा जेसिबी मार्फत सडक खुलाउने प्रयास भएपनि लेदो बगीरहने समस्याले सुचारु हुन नसकेको जनाएका छन् ।

पानी र लेदो बग्ने क्रम जारी रहेकोले उक्त सडक सुचारु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?