अविरल बर्षासंगै बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । बिहिबारदेखि परिरहेको अविरल बर्षाका कारण पानीको बहाब बढेपछि पुर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छ्न् । बिहान ९ बजेको मापन अनुसार ३ लाख ६२ हजार २ सय क्युसेक बहाव रहेको छ । अहिले ब्यारेजका ३६ वटा ढोका खोलिएको शसस्त्र प्रहरी निरीक्षक गणेश थापाले जानकारी दिनुभयो ।

पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।

ADVERTISEMENT

पश्चिम् नवलपरासीमा खोलानालामा पानीको सतह बढेपनि हालसम्म कुनै मानविय क्षती नभएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको श्रेष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज