भोजपुर । आश्विन संक्रान्तिका दिन भोजपुरमा पनि आज वास्तु तथा विश्वकर्माकाे पूजा आरधना गरिएको छ ।
आ-आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजारलगायतका सामाग्रीहरुको पूजा गरी प्रत्येक बर्ष असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । बिश्वकर्माको मन्दिरका साथै फोटोमा पूजा गरेर यो पर्व मनाउने गरिएको छ । भोजपुरमा पनि बिभिन्न कार्यक्रमसहित विश्वकर्मा पुजा गरिएको छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्र मन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
शिल्प संकाय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसकारूपमा मनाउने गरिन्छ । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts