बक्यौता रकम असुली गर्दै विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्र

निरोज कोइराला भोजपुर, संवाददाता

भोजपुर । नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने कार्यलाई तिव्रता दिएको छ ।

विद्युत महशुल संकलन विनियमावलीमा उल्लेख भएअनुसार ६० दिन भन्दा बढी समयसम्मको महशुल नबुझाएमा ग्राहकको लाइन काट्न सक्ने ब्यवस्था भएकाले बाँकी बक्यौता रकम संकलनका लागि प्राधिकरणले यो अभियानलाई तिब्रता दिएको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ ।

ADVERTISEMENT

“केन्द्रीय कार्यालयको परिपत्र अनुसार नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बाँकी बक्यौता रकम संकलनमा तिव्रता दिएको छ, महशुल नतिर्ने ग्राहकहरुको विद्युत लाइन काटिने छ ।” नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका सुपरभाइजर राकेश कुमार दासले भन्नुभयो ।

प्रधिकरणले हालसम्म विद्युत बक्यौता बापत करिव सात लाख रकम लाइन काटेर संकलन गरी सकेको छ । भोजपुर बितरण केन्द्रअन्तर्गत जिल्लामा करिव २६ हजार ग्राहकले विद्युत सेवा उपयोग गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज