समाज सेवामा युवाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

फाइल तस्बिर

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप सफलता मिलोस् ।” उहाँले मुलुकमा लागुपदार्थ दुव्र्यसनमा युवापुस्ता फस्दै भएकामा चिन्ता व्यक्त गर्नुभयो । यसबाट उनीहरुलाई मुक्त गर्न क्लबले थप सक्रियता दिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

ADVERTISEMENT

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक मानिसले आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने दायित्व बुझाउनु आवश्यक रहेको विचार राख्नुभयो ।

कार्यक्रममा सन् २०२४-२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो । सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरिबलाई न्यानो कपडा वितरण तथा बाढीपीडितलाई सहयोग उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?