ताप्लेजुङमा सालकको उद्धार

हिमालय टाइम्स कालिकोट, संवाददाता
Salak Uddar Taplejung
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ताप्लेजुङ । ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका-७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो ।

ADVERTISEMENT

आज बिहान उप-डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ ।

लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *