झापा । स्थानीय बनियानी खोलाले बगाउँदा झापा गौरीगञ्ज गाउँपालिका-१ का १३ वर्षीय बालक बेपत्ता भएका छन् ।
झोलुङ्गेटोलका वेद विकका छोरा मिलन विक बगेर बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले बताउनुभयो ।
खोला तर्ने क्रममा मिलनलाई बुधबार साँझ ६ बजेतिर खोलाले बगाएको हो ।
नेपाल प्रहरी , सशस्त्र प्रहरी, रेडक्रस र स्थानीयको सहयोगमा राति ११ बजेसम्म खोजेपनि मिलनलाई फेला पार्न नसकिएको सभापति ढकालले जानकारी दिनुभयो ।
पानी रहेकोले अहिले बिहानैबाट बालकको खोजी सुरु भएको छ । यो समाचार तयार पार्दासम्म मिलन फेला पार्न नसकेको जनाइएको छ ।
खोला तर्ने क्रममा मिलनलाई खोलाले बगाएको हो । अन्य साथीहरू सुरक्षित खोला तरेका थिए ।






