विषालु सर्पको डसाइबाट झापामा १२ वर्षीया बालिकाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । विषालु सर्पको डसाइबाट झापामा बुधबार एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपलिका-३ ठूलो केचनाका हरिप्रसाद राजवंशीको १२ वर्षीया छोरी मनिषा राजवंशीको मृत्यु भएको हो ।

मनिषालाई भण्डार कोठाको टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जनाइएको छ । सिकिस्त मनिषालाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि बिर्तामोड ल्याइँदै थियो । स्थानीय स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् ।

बालिकालाई डस्ने कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?