भोजपुरको षडानन्द नगरपालिकाको आगामी बजेट ८० करोड बढी

निरोज कोइराला भोजपुर, संवाददाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाकाे दशौं नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेटसहित कार्यक्रम पारित गरेको छ । सभाले दिङ्ला सतिघाट कालोपत्रे र नगरपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिदै ठुलो बजेट बिनियोजन गरेको छ ।

ADVERTISEMENT

आइतवार भएको नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरी ८० करोड २५ लाख ३६ हजार बराबरको बजेट पारित गरेको छ । सभाले चालुतर्फ ९ करोड २२ लाख १७ हजार १९ रुपैयाँ र पुँजीगत तर्फ ४७ करोड ९३ लाख र सामाजिक सुरक्षातर्फ रु ११ करोड बजेट विनियोजन गरेको हो । नगर प्रमुख सुरेन्द्रकुमार उदासले नगरको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो ।

सिमित श्रोत र साधनकाबीच पनि नगरको आवश्यकता अनुसारको बजेट निर्माण गरेको नगर प्रमुख उदासले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *