झापा वन कार्यालयको बेइमानी : पक्राउ परेका आरोपीलाई रहस्यमय ढंगमा गुपचुपमै छाडियाे

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 4 mins

झापा । काठ चोरीको आरोपमा पक्राउ परेका पाथीभरा वन उपभोक्ता समूहका व्यक्तिको नाम एकसाताभन्दा लामो समय गोप्य राखेर डिभिजन वन कार्यालय झापाले उनीहरूलाई गुपचुपमा छाडेको रहस्य खुलेको छ ।

पक्राउ परेका मध्ये झापा कचनकवल गाउँपालिका-७ को पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सोमबार गाउँमा नै पुगेपछि उनीहरूलाई गुपचुप छाडिएको रहस्य खुलेको हो ।

डिभिजन वन कार्यालयले जेठ १३ गते सातजना र १८ गते एकजना गरी आठ जना पक्राउ परेका थिए । पक्राउ परेको पुष्टि गरेपनि डिभिजन वन कार्यालय झापाले अदालतबाट फैसला भएर आएपछि मात्र नाम सार्वजनिक गर्न मिल्ने कानुनी प्रावधान रहेको उनीहरूको नाम गोप्य राखेको थियो ।

उनीहरूलाई के सर्तमा छाडिएको खुल्न सकेको छैन । धरौटीमा रिहा भएको चर्चा चलेपनि कति धरौटी हो कसैले खुलाएको छैन । राजनैतिक दबाबमा उनीहरू छुटेको बुझिएको छ ।

ADVERTISEMENT

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्ष देवीबहादुर लोहार (लोवा), सकुन्तला पोखरेल, टीका खरेल, भूपाल राई, सुरेन्द्र थेवे, हिमाल दाहाल, श्यामलाल राजवंशी लगायत आठ जना पक्राउ परेका थिए । एकजनाको नाम खुल्न सकेको छैन । अध्यक्ष देवीबहादुर गाउँ पुगेपनि अरू को को छुटेका हुन् स्पष्ट भएको छैन ।

उनीहरू कुनैनकुनै दलको स्थानीय नेता भएकोले नाम खोल्न डिभिजन वन कार्यालय झापा डराएको हो । देवीबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध भएको बुझिएको छ । एक स्थानीयका अनुसार वन कार्यालय राजनैतिक दबाबमा मात्रै होइन, उनीहरूलाई छाड्नुको रहस्य अरुपनि हुनसक्ने बताए ।

उनीहरूले २०८० चैत ४ मा वन पैदावार काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको वन कार्यालयका एक कर्मचारीले बताए । वनमा केही रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनको काठसमेत हराएको आधारमा डिभिजन वन कार्यालय झापाले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू सबैलाई आआफ्नै घरबाट पक्राउ गरिएको हो ।

अहिले तीन वटा मात्र ठुटा भेटिएको वन कार्यालय स्रोतले जनाएको छ । तर हिसाबमा पनि फरक देखिएको छ । उनीहरूले कति परिमाणको काठ बिक्री गरेको खुलाइएको छैन । यद्यपि, अदालतबाट म्याद थप गरी वन कार्यालयले अनुसन्धान गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *