झापाको बिर्तामोडमा एक महिला मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-राजेन्द्र गाैतम

झापा । झापा बिर्तामोड नगरपालिका-४ कालिकाटोकी विष्णुमाया विष्ट शंकास्पद अवस्थामा घरभित्र मृत फेला परेकी छन् । ६६ वर्षीया विष्ट बुधबार बिहान शंकास्पद अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ ।

विष्टको शव घरभित्र भुइँमा कोल्टे परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयाे । विष्टको घरको गेट भने खुल्लै रहनुले उनको हत्या भएको आशंका गरिएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

अहिले प्रहरीले घटनास्थलमा घेरा हालेको छ । घटनाको थप अनुसन्धानका लागि धरानबाट कुकुर बोलाइएको र प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मङ्गलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडाैंमा रहेका भएका छोरा प्रकाशलाई फोन गरेकी थिइन । उनका अर्का छोरा इन्द्र अमेरिकामा रहेको स्थानीयले बताए ।

आमाले फोन गरेपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई फोन गरेर आफ्नो घर हेरिदिन आग्रह गर्नु भएको थियो । लगत्तै छिमेकीहरू भेला भएर केहीबेर विष्टको घरमा बस्नु भएको थियो । छिमेकी आ-आफ्नो घरफर्किएपछि विष्णुमाया सुत्नु भएको थियो ।

बुधबार बिहान अबेरसम्म उनी नउठेपछि स्थानीय आएर हेर्दा बाहिरको गेटमा ताला लागेको थियो । घरको गेट खुल्लै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विष्टलाई मृत फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *