बन्द भएको छ बर्षपछि भोजपुर-विराटनगर हवाई उडान शुरु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । उडान बन्द भएको छ बर्षपछि भोजपुर-बिराटनगर पुनः हवाई उडान भए पछि यात्रुहरुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनः शनिवारबाट भोजपुर-विराटनगर उडान थालेको हो ।

बन्द भएको छ बर्षपछि विराटनगर यात्रागर्न पाएकोमा यात्रुहरुले खुशी महशुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले खादा र केक बाड्दै विराटनगरका लागि यात्राको शुभकामना दिनु भएको थियो । काठमाडाैंबाटआएको निगमको जहाजले नौ जना यात्रु लिएर बिराटनगर उडेको हो ।

उडान बन्द भएको लामो समयपछि बिराटनगर उड्न पाएकोमा यात्रु उषा थापाले खुशी महशुस गर्दे भन्नुभयो, “समस्यामा परेका यात्रुहरुलाई बिराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुशी छौ, निगमले नियमित उडान गर्न जरुरी छ ।”

नेपाल वायुसेवा निगमले हप्तामा शनिवार र बिहिवारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, अव उडान तालिकाअनुसार नै विराटनगर उडान हुने छ । अहिलेका लागि काठमाडाैंबाट भोजपुर आएर विराटनगर जाने र बिराटनगरबाट फर्किएर फेरी काठमाडाैं जाने तालिका बनाइएको छ । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर-काठमाडाैं उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । २०७४ सालपछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्वोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेशन प्रमुख खड्काको भनाई रहेको छ ।

ADVERTISEMENT

हवाई उडान बन्द हुदाँ जिल्ला अस्पतालबाट सुबिधा सम्पन्न अस्पताल लानसिफारिस गरेका बिरामीहरु, ज्येष्ठ नागरिकहरुलाई समस्या हुँदै आई रहेको थियो । ज्येष्ठ नागरिक र बिरामीहरुलाई समस्या भईरहेको अवस्थामा बन्द रहेको उडान फेरी सुचारु हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको भोजपुर नगरपालिकाका नगर प्रमुख आलेको धारणा छ । प्रमुख आलेले भन्नुभयो, “अव तोकिएको दिन सेवा सञ्चालन हुने गरी निगमले उडान गर्नु पर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”

नेपाल वायुसेवा निगम भोजपुरले भोजपुर विराटनगर भाडा चार हजार २९ रुपैया कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ-सेवामार्फत् पनि टिकट लिने ब्यवस्था मिलाईएको छ । भोजपुरमा रहेको एक मात्र विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मात्र हप्तामा चार उडान काठमाडाैं गर्दै आईरहेको छ । पाँच सय ४५ मिटर लम्वाई भएको विमानस्थल कालोपत्रे भएपनि विराटनगर उडान ठप्प थियो ।

प्रदेश राजधानी जान र आउन पुनः उडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शंकर प्रसाद आचार्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज