भोजपुरमा संचालित सामी कार्यक्रम प्रभावकारी बन्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Sami Programme Bhojpur
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । भोजपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरूमा काम गर्दे आई रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ ।

भोजपुरमा क्रियाशिल संचारकर्मीहरुँग गरिएको अन्तरक्रियामा वैदेशिक रोजगारीमा जानेहरुको सीपमा पहुँच, सुचनामा पहुँच, न्यायमा पहुँच, मनोपरामर्श र वित्तिय साक्षरताको लागि कार्यक्रमबाट संचालित रहेकाले जिल्ला तहमा यो प्रभावकारी देखिएको जानकारी गराईएको हो । स्वीजरल्याण्ड सरकार र नेपाल सरकारको दुई पक्षिय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, प्रदेश सरकारको समन्वय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम संचालनामा रहदै आएको सामी कार्यक्रम भोजपुर नगरपालिका शाखाका संयोजक कर्ण पुलामीले बताउनुभयो ।

जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा सामी कार्यक्रम संचालनमा रहदै आएको छ । संचारकर्मीका लागि आयोजित कार्यक्रममा हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले ३८ जिल्लाका एक सय ५६ वटा स्थानीय तहहरुसँग कार्यक्रम संचालन रहदै आएको र कोशी प्रदेशका भोजपुरसहित आठ जिल्लामा सामी कार्यक्रम चल्दै आएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानेहरुलाई सीप, दक्षता अभिवृद्धि, ठगिएका तथा मृत्यु भएकाहरुलाई क्षतिपुर्ति तथा शब नेपाल ल्याउनेलगायतका कार्यमा कार्यक्रमले सहजता ल्याएको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्ने भन्दा पनि बढ्दै जान थालेकाले सुरक्षित बैदेशिक रोजगारी आवश्यक रहेको बताउँदै कार्यक्रम अधिकृत पौडेलले बैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये कोशी प्रदेशको बढी बिदेश जाने पहाडी जिल्लाको तेश्रो स्थानमा भोजपुर आउने बताउनुभयो ।

ADVERTISEMENT

संचालित कार्यक्रमले बैदेशिक रोजगारीमा जानेहरुका लागि सिप मुलक तालिमहरुको समेत ब्यवस्था गरि दिने भएकाले यो कार्यक्रम अझै प्रभावकारी बनेको छ । तथ्यांक अनुसार पछिल्लो अवधीमा बैदेशिक रोजगारीका लागि भोजपुरकाले मात्र चार हजार चार जनाले श्रमस्वीकृति लिएका छन । गत श्रावण महिना देखि माघसम्मको अवधीमा ती ब्यक्तिहरुले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन ।

कार्यक्रम मार्फत् विभिन्न बहानामा ठगिएकाहरुलाई रकम फिर्ता देखि विभिन्न क्षतिपुर्ति दिलाइएको कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो । बैदेशिक रोजगारीमा जानेहरुबाट एक बर्षको अवधीमा १५ करोड ३७ लाख रेमिट्यान्ससमेत संकलन भएको छ । सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा रहेर गरेका कार्यक्रम, उद्धेश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिनसंचारकर्मीसहित सरोकारवाला निकायहरुसँगसमेत अभिमुखीकरण गर्दे आईरहेको छ ।

संचारकर्मीसँगको अन्तरक्रिया तथा अभिमुखीकरणमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उपप्रमुख निर्मला शेर्पा, जिल्लामा क्रियाशील पत्रकार तथा कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *