वडा कार्यालयकाे नयाँ अभ्यास, राष्ट्रिय गान गाएर सेवा प्रवाह

हिमालय टाइम्स कालिकोट, संवाददाता
Aamchok wada no. 8- bhojpur
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका वडा नं. ८ ले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गर्दै आएको छ । बिहान १० बजे सबै कर्मचारी र जनप्रतिनिधि कार्यलयकाे प्राङ्गणमा उभिएर राष्ट्रिय गान गाएपछि मात्रै सेवा प्रवाहको सुरुवात गर्ने गरिएको वडा सचिव सुदिप पाण्डेले जानकारी दिनुभयो ।

कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागि प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको पाण्डेले बताउनुभयो । आमचोक गाउँपालिकामा वडा नं ८ राष्ट्रिय गानबाट कार्यालय समय सुरुवात गर्ने सम्भवतः नेपालकै पहिलो वडा कार्यालय भएको पाण्डेले बताउनु भयो ।

पाण्डेले भन्नुभयो, “यस प्रक्रियाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्रप्रतिको अपनत्वको भावको समेत विकास भई, लगनशीलता, काम गर्ने हौसलाका साथै कर्मचारी समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास भइरहेको छ । सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रवाह गर्ने हाम्रो उद्देश्यमा यो कार्यक्रमले पनि साथ दिने छ ।”

पाण्डेले कार्यलयमा वडा सचिवको जिम्मेवारी सम्हालेदेखि यो कार्यक्रमको थालनी गरिएको हो । यस कार्यलाई निरन्तरता दिइने बताउँदै उहाँले यसले कर्मचारी र सेवाग्राही दुवैलाई समेत अनुशासित हुन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कर्मचारी समयमै उपस्थित भए सेवा प्रवाह छिटो छरितो भरपर्दो हुने स्थानीय सेवाग्राहीको भनाइ छ।

ADVERTISEMENT

“यहाँ सेवाग्राहीले कार्यालय पर्खिने होइन कि कार्यालयले नै सेवाग्राही पर्खिरहेको हुन्छ । कार्यालय समय बाहेक पनि जुनसुकै बेला सेवाग्राहीको आवश्यकता अनुसार कर्मचारीहरु नागरिकको सेवामा समर्पित छन् । जनप्रतिनिधि र कर्मचारीहरु सबै युवापंक्ति रहेको यो कार्यालयमा हालसम्म सबै निर्णयहरु सर्वसहमत ढंगले गरिएको छ । यसलाई सकारात्मक ढंगले हेर्नसकिन्छ” पाण्डेले बताउनु भयो ।

मुलुकभरका सरकारी र निजि कार्यालयको मात्र नभई अन्तराष्ट्रिय स्तरका असल अभ्यसहरु समेत यहाँको विकासमा लागु गरी नागरिक सन्तुष्टि अभिवृद्धि तथा वडाको विकास र समृद्धि हासिल गर्ने वडा कार्यालयको मूल ध्येय रहेको पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो , “समृद्ध वडाः सुखी र सुसंस्कृत वडाबासी” गन्तव्य राखेर अघि बढेको वडा कार्यालयले सेवाग्राहीलाई निः शुल्क फोटोकपि, वडाबाट प्रवाह हुने सेवामा आर्थिक रुपले अति विपन्न नागरिकलाई विशेष सहुलियतमा सेवा प्रदान गर्नुका साथै बिना झन्झट छिटोछरितो, लचिलो, प्रविधिमैत्रि एवं मुस्कानसहितको सेवामा जोड दिदैँ आएको छ ।”

यस्तै वडा कार्यलयले वडाको आफ्नै फेसबुक पेज,वेभसाइटलगायतका माध्यमबाट सुचनाहरुसमेत प्रवाह गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *