वडाध्यक्षद्वारा स्वास्थ्य चौकीलाई ब्लड प्रेशर परीक्षण सेट सहयाेग

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडाध्यक्षले स्थानीय स्वास्थ्य चौकीलाई तीन थान बिपी सेट सहयोग गर्नु भएको छ ।

नागरिकहरुका लागि ब्लड प्रेशर परीक्षणमा सहजता बनाउन आफुले पाउने भत्ताबाट स्वास्थ्य संस्थालाई सहयोग गरेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष पनि भएकाले वडा भित्रको स्वास्थ्य अवस्था निगरानी गर्ने दायित्व आफ्नो रहेको वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।

ADVERTISEMENT

स्वास्थ्य चौकी इन्चार्ज हिराराज फुयललाई वडाध्यक्ष प्रधानले ब्लड प्रेशर जाँच गर्ने सेट हस्तान्तरण गर्नु भएको छ । “स्वास्थ्य परीक्षणका लागि ब्लड प्रेशर जाँच गर्ने सेटको अभाव भएको गुनासो आएपछि गाउँघर क्लिनिक संचालनमा समेत सहजताका लागि आफुले ब्यक्तिगत सहयोग गरेको हु ।” वडाध्यक्ष प्रधानले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज