भोजपुर । भोजपुर नगरपालिकाभित्र रहेकादुई वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यका बिभिन्न सामग्रीहरु सहयोग गरिएको छ । स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यका सामाग्रीहरुको अभाव हुन नदिन नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव चक्रबहादुर कार्कीको पहलमा ल्याईएको ती सामाग्रीहरु जिल्लाका स्वास्थ्य संस्थाहरुमा हस्तान्तरण गर्न थालिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिभिन्न दातृ निकायबाट प्राप्त स्वास्थ्य सामाग्री तथा उपकरण भोजपुर ल्याई हस्तान्तरण सुरु गरिएको पहलकर्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो पटक पनि ४० लाख बरावरका बिभिन्न स्वास्थ्य सामाग्रीहरु ल्याएर नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई बितरण गरिएको छ, अहिले पनि बाँकी स्वास्थ्य संस्थाहरुमा बितरण हुन्छ ।”
कार्कीले भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिममा रहेको स्वास्थ्य चौकी र वडा नम्वर ९ हात्तिगौडाको आधारभूत स्वास्थ्य चौकीलाई ती सामाग्री हस्तान्तरण गरि सक्नु भएको छ ।
दुई स्वास्थ्य संस्थाहरुलाई सिटामोल पाँचहजार थान, पल्स अक्सोमिटर ५ थान, ५० सेट गाउन, मास्क एक हजार थान, फेरस सलफेट पाँचहजार एक सय थानलगायतका सामाग्रीहरु सहयोग गरिएको हो ।
ब्यक्तिको पहलमा आएको स्वास्थ्य सामग्रीहरुले नागरिकको स्वास्थ्य सेवामा राहत मिल्ने भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “ब्यक्तिको पहलमा काठमाडाैं देखि आएको स्वास्थ्य सामाग्रीहरुले गाउँका नागरिकलाई सेवामा पहुँच बढाउँछ ।” अगाडी वितरण गरेर फेरी दोश्रो पटक पनि सम्वन्धित निकायमा पुगेर सामग्री ल्याउने कार्य सह्रानिय छ ।
आफ्नो पहलमा आएका सामाग्रीहरु क्रमिकरुपमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा वितरण गरिँदै लगिने कार्कीले बताउनुभयो ।







