भोजपुर, (इटहरी) । अभिभावकहरुलाई सुनसरीको इटहरीमा संचालनमा रहेको एक विद्यालयले धार्मिक यात्रा गराएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको लिटल पिस हेभन इङ्गलिस एकेडेमीले अभिभावकहरुलाई धरानमा रहेको धार्मिक मन्दिरहरुको दर्शन गराएको हो । धरानमा रहेको प्रसिद्ध मन्दिरहरु बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरीलगायतको दर्शन गराईएको विद्यालयका शिक्षा निर्देशक नविन सुवेदीले बताउनुभयो । आफ्ना बालबालिकाहरुको पढाईएको अवस्था बुझ्न आउनु हुने अभिभावकहरुलाई विद्यालयले धार्मिक यात्रा गराएको सुवेदीले बताउनुभयो ।
विद्यालयले अभिभावक भेलासमेत गर्दै यात्रामा सहभागी अभिभावकहरुलाई खादा तथा रुदाक्षको माला लगाएर सम्मानसमेत गरेको थियो । अभिभावकहरुलाई धार्मिक यात्रामा सहभागी गराउने लिटल पिस हेभन इङ्गलिस एकेडेमी सुनसरी जिल्लाको पहिलो भएको विद्यालयको दाबी छ ।
विद्यालयले अभिभावक भेलाको अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरुका लागि लङजम्प,भलिबल, रिले दौड, टेबलटेनिसका साथै नृत्य प्रतियोगितासमेत गराएको छ । सो क्रममा विद्यालय परिसमा रहेका मन्दिरहरुको सरसफाई पनि गरिएको थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts