इलाममा बेवारिसे अवस्थामा शिशु फेला

प्रकाश नेपाल इलाम, संवाददाता
bachcha-Sisu-Ilam
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलामको गुप्तीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । जिल्लाको माईजोगमाई गाउँपालिका-३ मा पर्ने गुप्तीमा ढुङ्गाको ओढारमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।

मुख्य सडकदेखि करिब १ किलोमिटर मुनी ढुङ्गाको ओढारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ADVERTISEMENT

ओढारमा भेटिएको नवजात शिशु जिउँदै रहेको प्रहरीले जनाएको छ । नवजात शिशु बालक रहेको बताईएको छ भने शिशु कसले फालेको भन्ने बारेमा जानकारी नभएकाले शिशु फाल्ने महिलाको खोजी भईरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *