भोजपुरको ऐतिहासिक डवली मेला आगामी पौष २७ बाट

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । पहाडी जिल्ला भोजपुरमा लाग्ने ऐतिहासिक डवली मेला आगामी पौष २७ गतेबाट सुरु हुने भएको छ ।

सामाजिक बिकास संस्था भोजपुरको आयोजनामा पौष २७ गतेबाट माघ २० गतेसम्म मेला संचालन हुने छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा मेला आयोजना गरिएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनका साथै आर्थिक कारोवारमा समेत मेलाले भुमिका निर्वाह गर्ने राईको भनाई रहेको छ ।

ADVERTISEMENT

मेलामा बिभिन्न खेलहरुका साथै पौष २७ गते कलाकारहरु कमल खत्री, प्रिती आले, मेलिना मैनाली लागयतको प्रस्तुती, माघ ९ गते देखि १२ गतेसम्म मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिता, माघ १५ देखि १८ सम्म अन्तर विद्यालय मावि तथा प्रावि स्तरीय नृत्य प्रतियोगिता संचालन हुने छ ।

बर्षौ देखिको ऐतिहासिक मेला भएकाले यसलाई निरन्तरता दिन लागिएको आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज