इलामको सिङफ्रिङमा त्रि-धार्मिक महोत्सवको तयारी तिब्र

प्रकाश नेपाल इलाम, संवाददाता
Ilam Tridharmik Dharmik mahotsab
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम  । इलाम नगरपालिकाको सिङफ्रिङमा आयोजना हुने बृहद् त्रि-धार्मिक धार्मिक महोत्सवको तयारी तिव्र पारिएको छ । हिन्दुु, वौद्ध र किराँत धर्म मार्फत आयोजना हुने धार्मिक उत्सवलाई सफल पार्नकै निम्ति मूलुकका प्रतिष्ठित धर्मगुरु पनि यस क्षेत्रमा उपस्थित भएर यज्ञ सफलताकालागि सहयोग गरिरहेका छन् ।

इलाम नगरपालिका ८ र ६ नं. वडाको सीमामा रहेको श्री सिंह सिद्ध देवी पञ्चायन मन्दिरमा आउदो चैत्र १ देखि ९ गतेसम्म अठार पुराण समापन तथा इलाम धार्मिक महोत्सव २०८० को आयोजना हुुदैछ ।

ADVERTISEMENT

जिल्लामा नै अहिलेसम्मको बृहद धार्मिक उत्सव गर्ने उद्देश्यले आयोजकले तयारी गरिरहेका छन् । महोत्सव सफल पार्न १ हजार ९३ सदस्यीय मूूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । धार्मिक महोत्सवमा मूूख्य वाचककोरुपमा चर्चित वाचिका राधिका दासीसहित तीन वटै धर्मका विशिष्ट गुरुहरुको उपस्थिती हुनेछ ।

२०५९ माघ १५ गतेदेखि श्रीमद्भागत र बौद्ध धर्मको तोभाङ पाठको आयोजना गरेर अठार पुराणको थालनी गरिएको आयोजक तथा मन्दिर व्यवस्थापन समितिका सचिव रविन रायमाझीले बताउनुभयो । यज्ञवाट बचेको रकमवाट त्यस क्षेत्रमा बहुधार्मिक र बहुजातिय संग्राहलय बनाउने योजना रहेको अध्यक्ष सर्दिप बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *