खोटाङ । खोटाङको बाम्राङ सामातुङ घर भई युके लाहुरेमा कार्यरत लाहुरेहरुको आर्थिक सहयोगमा ‘थापागाउँ सामातुङ पाँचगरे सडक’ स्तरोन्नतीको काम सुरु भएको छ ।
२७ जना लाहुरेबाट प्राप्त १६ लाख ७३ हजार बजेटबाट चार किलोमिटर थापागाउँ सामातुङ पाँचगरे सडक स्तरोन्नतीको कामसुरु भएको सडक स्तरोन्नती श्रम समिति संयोजक ललित कुमार राईले बताउनुभयो ।
संयोजक राई नै वडाध्यक्ष भएको समयमा ट्रयाक खोलिएको उक्त सडक साँघुरो भएकाले साना गाडीहरु नै दोहोरो वारपार गर्न नसकेकाले सडकलाई फराकिलो पार्न स्तरोन्नती थालिएको हो ।
सडक स्तरोन्नतीका लागि सामातुङबासी युके लाहुरेमा कार्यरत लाहुरेहरुलाई अनुरोध गर्दा उहाँहरुले खुलेर सहयोग गरेकाले स्तरोन्नतीको काम सुरु गर्न सफल भएको संयोजक राई बताउँनुहुन्छ ।
युके लाहुरेका प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, दिक्तेलका वडाध्यक्ष नवराज राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेको उपस्थितिमा मंगलबार स्तरोन्नतीको काम सुरु गरिएको छ ।
कार्यक्रममा बोल्दै मेयर तीर्थराज भट्टराईले सडक स्तरोन्नतीमा नगरकातर्फबाट दुई दिन निशुल्क स्काभेटर र १० लाख बजेट सहयोग गर्ने बचन दिनुभएको संयोजक राईले बताउनुभयो । बाम्राङ वडाले विनियोजन गरेको २ लाख ५० हजारभित्र यहि सडकमा केही बजेट पर्नेछ।
सडक स्तरोन्नती श्रमदानबाट गरिने भनिएको छ । 'स्तरोन्नतीमा आवश्क, सिमेन्ट, वालुवा, डण्डी, स्काभेटर, औजार खरीदमा सहयोग रकम चलाइन्छ । हामी चाँहि ढुंगा फुटाउँछौ, बास काट्छौ, माटो कटिङ मिलाउँछौ, रुख काट्छौ । त्यसका हाम्रो श्रम जान्छ,' संयोजक राईले भन्नुभयो ।
डोजरमा तेल लाउने पैसा त चाहियो, आएको पैसा त्यता लगानी हुन्छ । पैसा बाँकी रहेमा नगरपालिका, वडा र युके लाहुरेलाई जानकारी गराउँछौ । स्थानीयले १० दिन श्रमदान गर्ने निर्णय भएको छ । श्रमदानमा उपस्थित हुन नसक्ने स्थानीयले दिनको ५०० सहयोग गर्ने निर्णय भएको संयोजक राईले जानकारी दिनुभयाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts