भोजपुर । पहिचान पक्षधरहरुको माग राजनीतिक बार्ता र छलफलबाट निष्कर्ष निकाल्नु पर्ने समाजवादी मोर्चा नेपाल भोजपुरले माग गरेको छ ।
संघीयता र गणतन्त्रको बास्तबिक अनुभूति उत्पिडनमा परेका बर्ग, क्षेत्र, लिंग, समुदाय र जनताले नपाएको मोर्चाले बिज्ञप्ती निकाल्दै जनाएको छ । संघीयता कार्यान्वयसँगै ७ प्रदेशमा बिभाजन भएका प्रदेशहरुको नामांकनको क्रममा १ नम्वर प्रदेशको नाम प्रदेशसभाले कोशी राखेपछि प्रदेशको राजनीतिक परिस्थिती अझ तनाव पूर्ण बनेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
मोर्चाका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका त्रिलोचन सि, नेकपा माओवादी केन्द्रका बिमल खड्का, नेकपा समाजवादीका ममिता राई र जनता समाजवादी पार्टी नेपालका शाहीमान राईले संयुक्त प्रेस बक्तब्य निकाल्दै जिम्मेवारदल मध्यपहाडी मार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको र १ नम्वर प्रदेश केन्द्रित पहिचानको आन्दोलन यात्राको बिरुद्धमा रहेको अवस्थामा आन्दोलनरत पक्षलाई नियन्त्रण गर्न राज्यले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि धरपकडमा उत्रिएको र सोक्रममा पुन नामाकरण संयुक्त संर्घष समितिका संयोजक बिदुर राई, जनता समाजवादी पार्टीका प्रदेश सदस्य मिना राई, जिल्ला सदस्य दिनेश राई र रामप्रसाद राई गाउँपालिका इन्चार्ज पनन राईसहित चार जनलाई नियन्त्रणमा लिईएको उल्लेख गरेको छ ।
बिज्ञप्तीमा सम्पूर्ण समस्याको समाधान बार्ता छलफल र उच्च राजनैतिक बैचारिक निर्णयबाट स्थापना हुने समाजवादी ब्यवस्थाबाट सम्भव हुने भएकाले संबिधान प्रदत् अधिकारको सुनिश्चित गरी नियन्त्रणमा रहेकाहरुलाई रिहाई गर्न माग गरिएको छ ।
यता भोजपुरबाट संकल्प यात्राका क्रममा धनकुटा जानेक्रममा बिहिवार बिहान एमाले अध्यक्षलगायतलाई कालो भण्डा देखाउनेक्रममा प्रहरीले पहिचान पक्षधर जनता समाजवादी पार्टीका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बू, मनि राई, तायावुङ राईलाई पक्राउ गरेको भन्दै पुन नामाकरण संघर्ष समितिले बिज्ञप्ती प्रकाशित गर्दे बिना सर्त रिहाईको माग समेत गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts