राजविराजमा सीठ्ठी जुलुस प्रदर्शन

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

राजविराज । अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका-१० बिरौल स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले आन्दोलनको तेस्रो दिन मंगलबार सप्तरी सदरमुकाम राजविराजमा सीठ्ठी जुलुस प्रदर्शन गरेको छ ।

राज रङ्गशालाबाट निकालिएको युवाहरूको सीठ्ठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको कोण सभामा बोल्दै वक्ताहरू ठप्प रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सञ्चालन गर्न माग गर्नुभयाे ।

प्रतिष्ठान निर्माण स्थलमा ४४ दिनदेखि रिले अनशन बसिरहेका स्थानीयबासीले उठाएको माग सम्बोधन गरि अनशन स्थगन गराउनेतर्फ सरकारलाई गम्भीर हुन आग्रह गर्दै वक्ताहरूले शान्तिपूर्ण सङ्घर्षबाट सुनुवाइ नभए जारी आन्दोलनलाई निरन्तरता दिदै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कोणसभालाई रिले अनशनको नेतृत्वकर्ता राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम, सुरज यादव, बसन्त यादव, जय राम यादव ,अनिल यादव ,पशुपति कर्ण ,श्याम राउतसहितकाले सम्बोधन गरेमा थिए ।

ADVERTISEMENT

१३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने रहेको कार्यक्रम रहेका राम कुमार दासले बताउनु भयो ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । यद्यपि अहिलेसम्म डिपिआर निर्माण बाहेक त्यहाँ केही काम भएको छैन।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *