सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भैरहवा । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मंगलबार साँझ निधन भएको हो ।

गुरुङ एक महिनाअघि मस्तिष्कघात भई उपचाररत हुनुहुन्थ्यो। नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आउनुभएको थियो ।

ADVERTISEMENT

२०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरुद्ध अभियान चलाउनुभएको थियो ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहनुभएको थियो । उहाँले सुस्ता बचाउन संगठित अभियान नै चलाएपछि भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष कैद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?