काठमाडौं । मञ्जुश्री फाइनान्सले टप-अपमा क्यासब्याक अफर ल्याएको छ । क्यासब्याक अफरअन्तर्गत मञ्जुश्री स्मार्टबाट टप-अप गर्दा २० प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । कम्पनी एफवान सफ्टसँगको सहकार्यमा ल्याएको उक्त अफर सीमित अवधि रहने बताइएको छ ।
फाइनान्सहरूमध्ये पछिल्लो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउन सफल रहेको मञ्जुश्रीले २७ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।






