काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुगेको उहाँको सचिवालयले जनाएको छ ।
उहाँहरुबीच करिव २ घण्टा छलफल भएको थियो । उहाँहरुबीच पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।
लगातार दुई कार्यकाल राष्ट्रपति भइसक्नुभएकी भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चाबीच उहाँहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शीतल निवास छाडेर बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनु भएकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेभित्रका ओलीइतर पक्षका नेताले पुन: राजनीतिमा आउन आग्रह गरिरहेकाे चर्चा छ । भण्डारी स्वयम्ले पनि पार्टीको आवश्वकतालाई हेरेर, पार्टीले दिने जिम्मेवारीलाई बिचार गर्ने बताउँदै आउनु भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता