काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।
शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उहाँको उपचारको क्रममा निधन भएको हो । केही दिनयता छातीमा समस्या आएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका पुडासैनी शुक्रबार राती आफ्नै डेरामा अचानक बेहोस हुनुभएको थियो ।
छिमेकीले प्रहरीलाई खबर गरेलगत्तै पुडासैनीलाई चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पुडासैनी डेढ दशकयता पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता