इनरुवा । सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ । इनरुवा नगरपालिका-३ निवासी ६० वर्षीय अग्रज पत्रकार निरौलाको मष्तिस्घातका कारणले निधन भएको हो ।
झण्डै तीन दशकदेखि इनरुवाबाट पत्रकारिता गर्दै आइरहनुभएको निरौलाको भारत भ्रमणको क्रममा मष्तिस्घात भएको थियो । दिल्लीको एम्स हस्पिटल तथा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएपछि उहाँलाई घर ल्याइएको थियो । उहाँको शनिबार बिहान निधन भएको थियो । उहाँको असामयिक निधनको खबरले पत्रकार दुःखी भएका छन् ।
उहाँले प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाइम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts