भोजपुर । नेपाल तरुण दलले कोशी प्रदेश स्तरीय भेला भोजपुरमा गर्ने निर्णय गरेको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति भोजपुरले कोशी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको वृहत भेला भोजपुर सदरमुकाममा गर्ने निर्णय गरेको हो ।
भेलाका बिषयमा जानकारी दिन तरुण दलले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दे आगामी मंसिर २९ र ३० गते बृहत भेला गर्ने जानकारी गराएको छ । केन्द्रिय अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्यमा हुने भेलामा कोशी प्रदेशका १४ जिल्लाका अध्यक्षहरु र प्रदेशबाट प्रतिनिधित्व गर्ने ७२ जना केन्द्रिय सदस्यहरुको सहभागिता रहने तरुण दल भोजपुर अध्यक्ष ज्योती पौडेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा तरुण दल पूर्व अध्यक्ष तथा कांग्रेस कोशी प्रदेश सदस्य कैलाश कुमार आलेले देशमा देखिएका समस्याहरु समाधान गर्दे समाज रुपान्तरण गर्न सवै युवाहरु एकजुट हुन आवश्यक रहेको बताउँदै युवा विना विकास र समृद्धि पनि असम्भव भएकोले सवै युवाहरु सकारात्मक सोचका साथ एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
यस्तै पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्र नं. १ का भोजपुरका क्षेत्रीय सभापति सरोज बस्नेतले देशको संवैधानिक व्यवस्था समाप्त पारेर अगाडी बढ्न खोज्ने शक्ति जुरमुराई रहेको वेला तरुण दलले संवैधानिक व्यवस्था जोगाउँदै देशमा सुशासन सहित युवालाई स्वरोजगार बनाउन तीनै सरकारलाई घच्घच्याउन आवश्यक रहेको बताउनुभयो ।
देशमा हुने बिकृति रोक्न तथा दैनिक बिदेशिएका युवाहरुलाई स्वदेशमै रोगरारीको सृजना गर्नका लागि दवाव दिन पनि यो भेला महत्वपुर्ण हुने बस्नेतको भनाई रहेको छ । भोजपुर नगरपालिकाको सभा हलमा हुने वृहत भेलाका लागि आवश्यक तयारी समेत सुरु गरिएको नेपाल तरुण दल भोजपुरले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts