दुर्घटनामा मृत्यु भएका पैदलयात्रीको पहिचान खुल्याे

राजेन्द्र गौतम झापा, संवाददाता
death man
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । शुक्रबार साँझ झापाको धुलाबारीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पैदलयात्रीको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति इलामको रोङ गाउँपालिका-३ कोल्बुङका ५५ वर्षीय इन्द्रबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । मृतकका छोरा शुक्रराज गुरुङले विएण्डसी अस्पताल बिर्तामोडमा आएर बुबाको राति सनाखत गरेसँगै पहिचान खुलेको हो ।

ADVERTISEMENT

चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो पार गर्ने क्रममा मेचीनगर नगरपालिका १० धुलिखेलमा गुरुङलाई ठक्कर दिएको थियो । गम्भीर घाइते गुरुङको विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ मृत्यु भएको थियो ।

मोटरसाइकल चालक मेचीनगर नगरपालिका-७ का ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हातखुट्टा र अनुहारमा चोट लागेका राजवंशीको विएण्डसी अस्पतालमा उपचार भइरहेको झापा प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाइकल धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज