पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न. ६ सिवामा अरिंगालको टोकाइबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय मान बहादुर तुम्रोकको छोरा २६ वर्षिय शुभराज तुम्रोक रहेका छन् ।
गत बुधबार राती जंगलमा अरिंगाल झार्ने क्रममा अरिंगालको टोकाइबाट तुम्रोक सक्त घाईते भएका थिए । गाउँमै स्थानिय मेडिकलमा उपचार गरेपश्चात फिदिम ल्याउने तयारी गर्दै गर्दा उनको विहिबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अहिले उनको शव जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टमको लागि राखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements